केप भर्डेमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित
केप भर्डेको उत्कृष्ट प्रदर्शनमा पूर्णविराम, अर्जेन्टिनाद्वारा अन्तिम १६ को यात्रा तय
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत आज मियामी स्टेडियममा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा साविक विजेता अर्जेन्टिनाले केप भर्डेमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै प्रतियोगिताको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको २९औं मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ५९औं मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए।
अतिरिक्त समयको सुरुवात निकै रोमाञ्चक रह्यो। खेलको ९२औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाएका थिए। त्यसको ११ मिनेटपछि केप भर्डेका सिड्नी लोप्स क्याब्रलले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याए।
जितको संघारमा पुगेको केप भर्डेका लागि १११औं मिनेटमा डाइनी बोर्जेसबाट हुन गएको दुर्भाग्यपूर्ण आत्मघाती गोल नै हारको कारण बन्यो। यस जितसँगै अर्जेन्टिनाले प्रतियोगिताको अर्को चरणमा आफ्नो यात्रा सुनिश्चित गरेको छ।
.gif)

.png)

