पार्टी एकताको चर्चामा गोकुल बास्कोटाको टिप्पणी : फुटेको हाँडी जोड्ने लालसा


२०८३ असार १५ सोमबार ११:२४ बजे

काठमाडौं :  नेकपा एमाले र नेकपाबीच पछिल्लो समय सुरु भएको कार्यगत एकताको चर्चालाई एमाले नेता गोकुल बास्कोटाले 'भुत्ते हतियार' को संज्ञा दिएका छन्। पटक-पटक फुटेको हाँडी जोड्न खोज्ने लालसाले काम नगर्ने भन्दै उनले नेतृत्वको नियतमाथि प्रश्न उठाएका हुन्।

सामाजिक सञ्जाल 'एक्स' मार्फत आफ्नो धारणा राख्दै बास्कोटाले लेखेका छन्, ‘पटक-पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ। भयङ्कर खतरा देखाउँदै नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर छ, तर सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो।’

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बीच कार्यगत एकताको चर्चा चुलिएपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका छन्। धेरैले कम्युनिस्ट शक्तिहरू पुनः एक ठाउँमा आउन खोजेको अर्थमा यसलाई लिएका छन्।

तर, नेता बास्कोटाले यस्तो एकताको चर्चालाई अविश्वासको दृष्टिले हेरेका छन्। सुधार र शक्ति आर्जन नै चाहने हो भने पहिले नेकपा फुटाउनु गल्ती थियो भनेर स्वीकार गर्नुपर्ने उनको माग छ। उनले प्रश्न गर्दै भनेका छन्, ‘आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ?’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७