देशभर मनसुनी वायुको प्रभाव: आज चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
काठमाडौं : हाल देशभर मनसुनी वायु सक्रिय भएसँगै आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
दिउँसो देशभर साधारणतया बदली रहने र हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा तथा कोसी र मधेस प्रदेशका तराई भूभागका एक-दुई स्थानमा समेत मध्यम वर्षाको आकलन गरिएको छ।
त्यस्तै, रातिको समयमा पनि देशभर बदली कायम रहने छ। गण्डकी प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण चट्याङसहित वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणमा अनुरोध गरेको छ।
.gif)

.png)

