राहदानी विभागको गेटमा एक पुरुषले गरे आत्मदाह प्रयास


२०८३ असार २५ बिहीबार १४:२८ बजे

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले केहीबेरअघि शरीरमा आगो लगाएर आफ्नै ज्यान लिने प्रयास गरेका हुन् ।


प्रहरीले नियन्त्रणमा लिएर उनलाई उपचारका लागि अस्पताल लगेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले नेपाल प्रेसलाई बताए । ती पुरुषको विस्तृत विवरण खुल्न बाँकी छ । आत्मदाह प्रयास गर्नुको कारण पनि खुल्न बाँकी छ । घटनाको अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७