सिप्रदीको नयाँ पहल: च्यानल पार्टनरका दोस्रो पुस्तालाई उद्यमशीलता विकास तालिम


२०८३ श्रावण ४ सोमबार २३:०१ बजे

काठमाडौं : टाटा जेन्युइन पार्ट्सका आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले आफ्ना च्यानल पार्टनरहरूको दोस्रो पुस्ता (नेक्स्ट जेनेरेसन) लाई लक्षित गर्दै पहिलोपटक उद्यमशीलता विकास तालिम सुरु गरेको छ।

काठमाडौंस्थित सिप्रदी ट्रेनिङ सेन्टरमा सुरु भएको तालिमको उद्घाटन सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, सिप्रदी अटोपार्ट्सका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकी र जनरल म्यानेजर (एचआर) शारदा राणा ले संयुक्त रूपमा गरेका थिए।

स्थापित अटोपार्ट्स व्यवसायलाई पुस्तान्तरणमार्फत निरन्तरता दिन, नयाँ पुस्तालाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्न तथा आधुनिक व्यवस्थापन र डिजिटल प्रविधिमार्फत व्यवसाय विस्तारका लागि सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

तालिमको पहिलो चरणमा ९ जना च्यानल पार्टनरका उत्तराधिकारी युवा व्यवसायी सहभागी छन्। उद्घाटन सत्रमा सहभागीहरूले आफ्नो व्यावसायिक दृष्टिकोण, योजना र तालिमप्रतिको अपेक्षा प्रस्तुत गरेका थिए।

कार्यक्रममा सिप्रदीका पदाधिकारीहरूले नेपालको अटोपार्ट्स व्यवसायलाई व्यवस्थित, डिजिटल र प्रतिस्पर्धी बनाउन नयाँ पुस्ताको भूमिका निर्णायक हुने उल्लेख गर्दै युवाहरूलाई विदेशभन्दा स्वदेशमै आफ्नै व्यवसायलाई आधुनिक ढंगले अघि बढाउन आग्रह गरे। सिप्रदी अटोपार्ट्सले आगामी दिनमा तालिमलाई देशभर विस्तार गर्दै थप च्यानल पार्टनरका उत्तराधिकारीलाई समेट्ने योजना बनाएको जनाएको छ।

कम्पनीका अनुसार तालिमले भावी व्यवसायीलाई टाटा जेन्युइन पार्ट्सको ब्रान्ड, वैज्ञानिक व्यवसाय व्यवस्थापन, नाफा वृद्धि तथा डिजिटल प्रविधिमार्फत व्यवसाय विस्तारका विषयमा व्यावहारिक ज्ञान र सीप प्रदान गर्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७