मुग्लिन–नारायणगढ सडकमा फेरि पहिरो, दुईतर्फी यातायात अवरुद्ध


२०८३ श्रावण १८ सोमबार १५:२९ बजे

काठमाडौं मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन बजार नजिकै सोमबार दिउँसो करिब २:१० बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो।

पहिरो पन्छाउन एउटा डोजर परिचालन गरिएको छ भने थप दुईवटा उपकरण घटनास्थलतर्फ पठाइएको कार्यालयले जनाएको छ। पहिरो हटाउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ।

यसअघि सोमबार बिहान पनि सोही सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो। पछि सडक दुईतर्फी सञ्चालनमा आए पनि पुनः पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो।

सडक डिभिजन कार्यालयले उक्त मार्ग प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन र आवश्यक परे वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७