भारतीय पाइलट स्मित मच्छर : जसले घाइते अवस्थामा बचाए यात्रुको ज्यान


२०८३ असोज १५ बिहीबार ०८:४७ बजे
क्याप्टेन स्मित मच्छर

काठमाडौं : फ्लाईदुबईको उडानका क्रममा ककपिटमै चक्कु प्रहारबाट घाइते भएका भारतीय पाइलट स्मित मच्छरले घाइते अवस्थामै विमानलाई सुरक्षित अवतरण गराउन भूमिका खेलेका छन्।

दुबईबाट इजरायलको तेल अवीवतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानको करिब दुई घण्टापछि ककपिटभित्रै एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेको बताइएको छ। घटनामा विमानका पाइलट भारतीय नागरिक मच्छर घाइते भएका थिए।

आक्रमणपछि विमानलाई साउदी अरबतर्फ मोडेर ताबुकमा सुरक्षित अवतरण गराइएको थियो। घाइते पाइलट मच्छरलाई अहिले ताबुकस्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको साउदी अरबस्थित भारतीय दूतावासले जनाएको छ।

दूतावासका अनुसार मच्छरको आवश्यक उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ। दूतावासले उनको परिवारसँग सम्पर्कमा रहेको तथा साउदी अधिकारीहरूसँग समन्वय गरी आवश्यक सहयोग गरिरहेको जनाएको छ।

घटनाका क्रममा पाइलट घाइते भए पनि विमानलाई यात्रुसहित सुरक्षित रूपमा अवतरण गराइएकाले ठूलो क्षति हुनबाट जोगिएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पाइलट मच्छरको प्रशंसा गर्दै उनलाई ‘हिरो’ भनेका थिए।

उक्त घटनापछि पाइलट मच्छरको विश्वव्यापी रूपमा प्रशंसा समेत भइरहेको छ।

घटनामा ककपिटभित्रै एक पाइलटले अर्कामाथि चक्कु प्रहार गर्नुको कारण र आक्रमणको उद्देश्य भने अहिलेसम्म स्पष्ट भएको छैन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७