सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, पक्षमा ३१ मत आउदा विपक्षमा १५ मत
विपक्षमा १५ मत, सभामुख र निलम्बित सांसद मतदानमा सहभागी भएनन्
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार प्रदेश सभामा भएको मतदानमा भट्टको पक्षमा ३१ मत परेको छ भने विपक्षमा १५ मत परेको छ। नेकपा एमालेको सत्ता साझेदारीमा नेकपा संसदीय दलका नेता भट्ट साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्त भएको पाँच दिनपछि उनले प्रदेश सभाबाट विश्वासको मत लिएका हुन्।
सुदूरपश्चिम प्रदेश सभामा नेकपाका २० र एमालेका ११ सांसद छन्। सभामुख र एक जना निलम्बित सांसदलाई भने मतदानमा गणना गरिएको छैन। यसअनुसार विश्वासको मतका लागि भट्टलाई ३१ मत प्राप्त भएको हो। ५३ सदस्यीय प्रदेश सभामा यसअघि विश्वासको मतका लागि २७ मत आवश्यक थियो। तर, मंगलबार कांग्रेस सांसद प्रकाशबहादुर देउवालाई पदमुक्त गरिएपछि दुई सांसदको पद रिक्त भएसँगै प्रदेश सभाको कायम सदस्य संख्या ५१ मा झरेको छ।
.gif)

.png)

