रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत
कोषाध्यक्षमा मनोमुर प्रधान
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन्। रास्वपा सभापति रवि लामिछानेले खरेललाई प्रवक्तामा मनोनीत गरेका हुन्। त्यस्तै कोषाध्यक्षमा मनोमुर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ तथा सहप्रवक्तामा सरेन्द्र चौधरी र ननिता यादव मनोनीत भएका छन्।
शुक्रबार बसेको केन्द्रीय सदस्य बैठकमा सभापति लामिछानेले राखेको प्रस्ताव बैठकले पारित गरेको हो।
.gif)

.png)

