‘भोलिदेखि फोहोर लैजान दिन्नौँ’ भन्दै बैठकबाट निस्किइन् आशिका तामाङ
बञ्चरेडाँडाको फोहोर व्यवस्थापन बारेमा आशिका तामाङ र चिरिबाबु महर्जनबीच भनाभन
काठमाडौं : बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा आयोजित छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र स्थानीय तहका जनप्रतिनिधिबीच भनाभन भएको छ। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सिंहदरबारमा काठमाडौं उपत्यकासहित फोहोर व्यवस्थापनबाट प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल आयोजना गरेका थिए। बैठकमा सांसद तामाङ पनि सहभागी थिइन्।
छलफलका क्रममा तामाङ र जनप्रतिनिधिबीच भनाभन भएपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितका जनप्रतिनिधिले उनलाई सम्झाउने प्रयास गरेका थिए। तर तामाङ आक्रोशित बनेकी थिइन्। महर्जनले ‘त्यतिकै बेस्सरी कराएर हुन्छ ? मेयरसाबलाई कराएर हुन्छ ?’ भन्दै प्रश्न गरेपछि तामाङले ‘आउनु पर्यो नि’ भन्दै जवाफ दिएकी थिइन्। त्यसपछि महर्जनले ‘आउँदै हुनुहुन्छ त’ भनेका थिए।
तामाङले बञ्चरेडाँडा क्षेत्रका स्थानीयको समस्या समाधानमा स्थानीय सरकारले बेवास्ता गरेको आरोप लगाउँदै भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनी दिइन्। छलफल चलिरहेकै अवस्थामा तामाङ बैठकबाट बाहिरिएकी छन्।
.gif)

.png)

