रास्वपामा सहमहामन्त्रीदेखि सहप्रवक्तासम्म मनोनित, ९ केन्द्रीय सदस्य थपिए
केन्द्रीय सदस्यमा थपिए सुधन, भुपदेव र सुनिल
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रिक्त रहेको पदाधिकारी तथा केन्द्रीय सदस्यमा नयाँ सदस्य मनोनित गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सहमहामन्त्रीमा पुरुषोत्तम यादव, प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ तथा सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनित गरेको हो।
बैठकले केन्द्रीय सदस्यमा भुपदेव शाह, सुधन गुरुङ, सुनिल लम्साल, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, सुरेन्द्र चौधरी, भक्तबहादुर राई र मनोहर प्रधानलाई मनोनित गरेको छ।
.gif)

.png)

