इन्टरपोलको रेड नोटिसमा ओमनबाट पक्राउ परे जबरजस्ती करणीका फरार प्रतिवादी

जबरजस्ती करणी र विद्युतीय कारोबार कसुरमा फरार थिए


२०८३ भदौ ८ सोमबार ०८:०२ बजे

काठमाडौँ : जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादीलाई इन्टरपोलको रेड नोटिसका आधारमा ओमनबाट पक्राउ गरी नेपाल ल्याइएको छ। पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–३ स्थायी घर भएका बिमल राजवंशी रहेका छन्।

राजवंशीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले २०२६ मे १३ मा रेड नोटिस जारी गरेको थियो। रेड नोटिस जारी भएपछि एनसीबी काठमाडौं र एनसीबी मस्कट, ओमनको संयुक्त पहलमा उनलाई ओमनबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।

पक्राउ परेका राजवंशीलाई एनसीबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले कतार एयरवेजमार्फत नेपाल ल्याएको हो। उनी शनिबार साँझ ४ बजेर २९ मिनेटमा नेपाल आइपुगेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। राजवंशीविरुद्धको कसुरबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७