मुख्यमन्त्री थापा मगरलाई विश्वासको मत दिलाउन एमालेद्वारा ह्वीप जारी
अनिवार्य उपस्थित हुन एमाले सांसदलाई निर्देशन
काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुने बैठकमा अनिवार्य उपस्थित हुन नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले आफ्ना सांसदलाई निर्देशन दिएको छ।
एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक एकालाल श्रेष्ठले सोमबार जारी गरेको निर्देशनमा संविधानको धारा १८८ (४) बमोजिम मुख्यमन्त्री थापा मगरले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने भएकाले बैठकमा अनिवार्य सहभागी हुन भनिएको छ। संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्नसमेत निर्देशन दिएको छ।
मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका बेला एमाले संसदीय दलले सांसदहरूलाई ह्वीप जारी गर्दै प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको हो। अब प्रदेशसभामा हुने मतदानले मुख्यमन्त्री थापा मगरले सरकार सञ्चालनका लागि आवश्यक विश्वासको मत कायम राख्न सक्ने वा नसक्ने टुंगो लगाउनेछ।
.gif)

.png)

