सरकारप्रति प्रभाव र जनविश्वास घट्दै छ, समाजमा अराजकता बढ्यो : अमरेशकुमार सिंह

हत्या, हिंसा र आन्दोलनले समाजमा बेथिति बढाएको टिप्पणी


२०८३ भदौ ८ सोमबार १४:५५ बजे

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारको प्रभाव र जनतामा रहेको विश्वास क्रमशः घट्दै गएको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद सिंहले पछिल्लो समय समाजमा अराजकता, अस्थिरता र विभिन्न किसिमका आपराधिक घटना बढ्दै गएको बताए।

बारा र सप्तरीका पछिल्ला घटनालाई मात्र आधार बनाएर अवस्था बुझ्न नहुने धारणा उनले राखे। ‘यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीको दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन,’ उनले भने, ‘हाम्रो सरकार बनेदेखि कप्तानगन्जको घटना होस्, धार्मिक–सामाजिक सद्भाव होस् या मिटरब्याज, लघुवित्त पीडित, डाक्टरको होस् । दिनका दिन भइरहेको यसले के देखाउँछ भने हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ।’ उनले समाजमा बढ्दै गएको अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार तथा विभिन्न आन्दोलनका कारण सर्वसाधारणले दुःख पाइरहेको बताए।

सांसद सिंहले राज्य र सरकारप्रति जनताको विश्वास कमजोर हुँदै जाँदा त्यसको प्रत्यक्ष असर समाजमा देखिने बताए। उनका अनुसार समाजमा बेथिति बढ्दै जाँदा अपराधसमेत बढ्ने अवस्था सिर्जना हुन्छ। ‘जब समाजमा बेथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ,’ उनले भने, ‘यसलाई राम्रो छलफलको आवश्यकता छ।’ उनले पछिल्ला घटनाक्रमलाई गम्भीर रूपमा लिएर सरकारको प्रभावकारिता र जनविश्वास कायम गर्ने विषयमा आवश्यक छलफल गर्नुपर्नेमा जोड दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७