गाडी किन्नेलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अफर
५.१३ प्रतिशत ब्याजदरमा कर्जा
काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा गाडी कर्जा उपलब्ध हुने बैंकले जनाएको छ।
कर्जाका लागि ०.५ प्रतिशत मात्र प्रोसेसिङ शुल्क लाग्ने बैंकले जनाएको छ। आवश्यक कागजात तथा कर्जा प्रक्रियासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरेको अवस्थामा ३ कार्यदिनभित्र कर्जा प्रवाह गरिने बैंकको भनाइ छ। बैंकले नयाँ सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले योजना ल्याएको जनाएको छ।
प्रतिस्पर्धी ब्याजदर, न्यून प्रोसेसिङ शुल्क र छिटो कर्जा प्रवाह यस योजनाका प्रमुख विशेषता रहेको बैंकले जनाएको छ। सीमित अवधिका लागि लागू हुने यो सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका देशभर रहेका शाखाबाट लिन सकिनेछ।
.gif)

.png)

