चार जलमापन केन्द्र नै बगायो, ६ लाख ७९ हजारभन्दा बढीलाई पूर्वसूचना
काठमाडौं : तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि आएको भीषण बाढीले भोटेकोशीदेखि नारायणीसम्मका चार वटा जलमापन केन्द्र नै बगाएको छ। बाढीले जलमापन केन्द्रसँगै पुलसमेत बगाएपछि नदीको अवस्था निगरानी गर्ने पूर्वाधारमा ठूलो क्षति पुगेको हो।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार रसुवाका भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखु (फुर्के) जलमापन केन्द्र बाढीले बगाएको छ।
भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको केही समयपछि तिब्बततर्फबाट भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको थियो। बाढीको जोखिम बढेपछि महाशाखाले बिहान ९ः१५ बजेदेखि प्रभावित हुन सक्ने क्षेत्रका नागरिकलाई पूर्वसूचना दिन सुरु गरेको थियो। नेपाल टेलिकम र एनसेलमार्फत मात्रै ६ लाख ७९ हजार २९५ वटा एसएमएस पठाइएको महाशाखाले जनाएको छ।
बाढी क्रमशः धादिङको गल्छी, मलेखु हुँदै मुग्लिन पुगेको थियो। बिहान १०ः२८ बजे गल्छी, ११ः५० बजे मलेखु, दिउँसो १ बजे मुग्लिन र ३ः२० बजे नारायणीको देवघाट क्षेत्रमा बाढी पुगेको महाशाखाको विवरण छ।
देवघाटमा नदीको जलसतह ६.५७ मिटर पुगेपछि घट्न थालेको थियो। प्रारम्भिक प्राविधिक आँकलनअनुसार बाढीको अवधिमा देवघाटबाट मात्रै करिब २ करोड घनमिटर अतिरिक्त पानी बगेको थियो।
महाशाखाले रसुवागढीदेखि नेपाल
.gif)

.png)

