कृष्णभीरमा सडक भासियो : पृथ्वी राजमार्गमा यातायात अवरुद्ध

नारायणगढ–काठमाडौँ आवागमन ठप्प


२०८३ भदौ १४ आइतबार ०९:४० बजे
तस्बिरः सामाजिक सञ्जाल

काठमाडौं : धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा बाढीका कारण सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक भासिएपछि नारायणगढ–काठमाडौँ सडकखण्डमा दुवैतर्फको यातायात ठप्प भएको हो। 

नारायणगढबाट काठमाडौँतर्फ जाने तथा काठमाडौँबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारी साधनलाई अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको प्रहरीले जनाएको छ। बाढीका कारण सडकको अवस्था जोखिमपूर्ण बनेपछि थप दुर्घटना तथा क्षति हुन नदिन सवारी आवागमन बन्द गरिएको हो।

सडक विभाग तथा स्थानीय प्रशासनको टोलीले भासिएको सडक मर्मत गरी राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ। तर, निरन्तरको बाढीपहिरो तथा सडक भासिने जोखिम कायमै रहेकाले तत्काल यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरीले यात्राका क्रममा जोखिमयुक्त स्थानमा नरोकिन, सम्बन्धित निकायले जारी गरेका निर्देशन पालना गर्न तथा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अपिल गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७