जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग


२०८३ भदौ १४ आइतबार १९:४२ बजे

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज ९जेजीआई० ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।

देशभर आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारको प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जेजीआईले जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिबाट प्रभावित समुदायलाई सहयोग गर्दै आएको जेजीआईले विपद्को यस कठिन घडीमा बाढी प्रभावित नागरिकको साथमा आफू सधैँ रहने प्रतिबद्धता व्यक्त गरेको छ।

जेजीआईले बाढीका कारण ज्यान गुमाएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा आवश्यक सहयोग निरन्तर गर्ने जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७