यामाहा डिलरले गर्यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग
काठमाडौं : देशभरका यामाहा डिलरहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ। विपद्मा परेका नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले डिलर प्रतिनिधि मिलन बाबु मल्लले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण गर्दै मल्लले उक्त सहयोग विपद्को घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउने प्रयास भएको बताए। 'यो सहयोग मात्र नभई विपद् र पीडाको घडीमा एकअर्काको साथमा छौँ भन्ने मानवीय ऐक्यबद्धताको प्रतीक हो', उनले भने। सहयोगप्रति अर्थमन्त्री डा. वाग्लेले धन्यवाद व्यक्त गर्दै विपद्का बेला निजी क्षेत्रबाट देखाइएको सामाजिक उत्तरदायित्व र मानवीय भावनाको प्रशंसा गरे।
.gif)

.png)

