भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई २० लाख बढी आर्थिक सहयोग
३ प्रहरीको शव भेटियो, २५ प्रहरी बेपत्ता
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी नेपाल प्रहरीका २५ जना अझै बेपत्ता छन् भने तीन जना प्रहरीको शव फेला परेको छ। बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विभिन्न शीर्षकमा आर्थिक राहत उपलब्ध गराउने भएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार मृतक प्रहरीका परिवारलाई कल्याण कोषबाट ३ लाख रुपैयाँ उपलब्ध गराइनेछ। त्यस्तै किरिया खर्चबापत थप ४० हजार रुपैयाँ प्रदान गरिनेछ। यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट बीमाबापत ५ लाख र राष्ट्रिय बीमा संस्थानबाट २ लाख रुपैयाँ उपलब्ध हुने काफ्लेले जानकारी दिए।
नेपाल प्रहरी संगठनका तर्फबाट राहत स्वरूप थप १० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसअनुसार बाढीमा परी ज्यान गुमाएका प्रहरीका परिवारले विभिन्न शीर्षकमा गरी २० लाख ४० हजार रुपैयाँसम्म आर्थिक सहयोग पाउनेछन्। बाढीमा बेपत्ता भएका प्रहरी कर्मचारीको खोजी तथा उद्धार कार्य भने जारी छ। रसुवाको भोटेकोशी क्षेत्रमा सुरक्षाकर्मी तथा अन्य उद्धार टोलीले बेपत्ताको खोजी गरिरहेका छन्।
.gif)

.png)

