राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान भरत खवास मेजर पदमा बढुवा
काठमाडौं : त्रिभुवन आर्मी क्लबका फर्वाड तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान भरत खवास सेनानी (मेजर) पदमा बढुवा भएका छन्। नेपाली सेनाले खवासलाई नियमित प्रक्रियाअनुसार सहसेनानी (क्याप्टेन)बाट सेनानी (मेजर) पदमा बढुवा गरेको हो।
बढुवापछि उनलाई दर्ज्यानी चिह्न भने कार्यालयमा होइन, विपद् व्यवस्थापनअन्तर्गत उद्धारमा खटिएकै मैदानमा प्रदान गरिएको छ। खवास अहिले भोटेकोशी तथा त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा नेपाली सेनाको टोलीसँगै खटिरहेका छन्। खेलाडीका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीको नेतृत्वसमेत गरिसकेका खवास नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट लामो समयदेखि व्यावसायिक फुटबल खेल्दै आएका छन्।
राष्ट्रिय टोलीको जर्सीमा स्ट्राइकरको भूमिकामा मैदानमा देखिँदै आएका खवास पछिल्लो समय भने विपद्मा परेका नागरिकको उद्धार तथा राहतमा सैनिक जिम्मेवारी निर्वाह गरिरहेका छन्।
.gif)

.png)

