दार्चुलाको अपिहिमालमा पहिरोः चमेलिया नदीको बहाव रोकियो
दार्चुला : अपिहिमाल गाउँपालिका– क्षेत्रमा पहिरो खसेर चमेलिया नदीको बहाव अवरुद्ध हुन थालेपछि नदी आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ। बुधबार दिउँसो २ः३५ बजे अपिहिमाल गाउँपालिका– क्षेत्रमा पर्ने भट्टाडनजिक पहिरो खसेको हो।
पहिरोका कारण चमेलिया नदी थुनिन थालेपछि नदीको बहावमा अवरोध सिर्जना भएको जनाइएको छ। नदीको बहाव थप अवरुद्ध भए आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भएकाले स्थानीयलाई नदी आसपास नजान र सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ।

.gif)

.png)

