चीनले नेपालसँग आपत्कालीन जलविज्ञान सूचना निरन्तर आदानप्रदान गर्ने
काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ। नेपालमा जारी उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन नदीमा बनेका अवरोध र हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी सूचना नेपालसँग नियमित रूपमा साझा गर्ने चीनले जनाएको हो।
काठमाडौंस्थित चिनियाँ दूतावासले यसबारे जानकारी दिएको छ। चीनको मौसमसम्बन्धी निकायले केरुङ–रसुवा सीमाक्षेत्रमा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा सम्भावित प्रभावसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको जनाएको छ।
विपद् सुरु भएलगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको पनि दूतावासले जनाएको छ। नेपालमा जारी उद्धार तथा राहत अभियानलाई प्रभावकारी बनाउन मौसमसम्बन्धी सूचना तथा प्राविधिक सहयोगलाई निरन्तरता दिइरहेको चीनको भनाइ छ।
.gif)

.png)

