चीनतर्फ फसेका ११४ नेपाली तातोपानीबाट फर्किए

केरुङमा अझै करिब १ हजार ६ सय नेपाली रहेको अनुमान


२०८३ भदौ १८ बिहीबार २०:२५ बजे

सिन्धुपाल्चोक :  रसुवाको भोटेकोसी बाढीपछि चीनको केरुङ क्षेत्रमा फसेका ११४ नेपाली नागरिक तातोपानी नाका हुँदै बिहीबार स्वदेश फर्किएका छन्। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपालीलाई चिनियाँ पक्षले राहदानी नम्बरलगायत विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो।

बाढीका कारण रसुवागढी नाका र पासाङल्हामु राजमार्ग अवरुद्ध भएपछि केरुङ पुगेका नेपाली उतै रोकिएका थिए। उनीहरूमध्ये अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका नागरिक रहेको जनाइएको छ।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार रसुवागढी नाकाबाट केरुङसम्म सामान लिन, लोड–अनलोड गर्न तथा होटल र रेस्टुराँमा काम गर्न जाने नेपालीलाई भिसा लिनुपर्ने व्यवस्था छैन। अस्थायी अनुमति लिएर तिब्बत प्रवेश गरेका नेपालीलाई चीनले तातोपानी नाकासम्म पुर्‍याउन सहजीकरण गरेको हो।

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार केरुङमा अझै करिब १ हजार ६ सय नेपाली रहेको अनुमान छ। तीमध्ये नेपाल फर्किन चाहने करिब ८ सय जनाले नाम दर्ता गराएका छन्।

अस्थायी अनुमतिमा तिब्बत जाने नेपालीलाई सीमाबाट करिब ३० किलोमिटरभित्रसम्म मात्र आवतजावत गर्न दिइन्छ। बाढीपछि राहदानी वा भिसा नभएका अवस्थामा तिब्बतमा रोकिएका नेपालीलाई स्वदेश फर्काउन चीन सरकारले सहयोग गरिरहेको महावाणिज्यदूत निरौलाले बताए।

यसैबीच, भोटेकोसी बाढीपछि केही नेपाली अझै सम्पर्कविहीन छन्। सिन्धुपाल्चोकका २३९ जनाको अवस्था अझै अज्ञात रहेको

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७