रसुवा बाढी पीडितको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
सार्वजनिक बिदा दिइने
काठमाडौं : सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिमा राष्ट्रिय शोकसहित भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक घोषणा गर्दै भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। त्यसैगरी जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानको स्मरणमा भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय सरकारले गरेको छ।
‘जेनजी शहीद दिवस’का अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूले उठाएका सवाल, आन्दोलनका उद्देश्य र प्राप्त उपलब्धिबारे छलफल गरिने सरकारको निर्णय छ। मन्त्रिपरिषद्ले भदौ २३ गते ‘जेनजी शहीद दिवस’का रूपमा सार्वजनिक बिदासमेत दिने निर्णय गरेको छ।
.gif)

.png)

