बैठक चल्दै गर्दा अचानक संसदमै ढले सार्वजनिक लेखा समितिका सभापति खड्का


२०८३ भदौ १८ बिहीबार १५:०१ बजे
तस्बिर : नेपाल फोटो सर्भिस

काठमाडौं : प्रतिनिधि सभाको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद तथा सार्वजनिक लेखा समिति सभापति भरत खड्का अचानक ढलेका छन्। बैठक कक्षमै ढलेपछि उनलाई तत्काल अस्पताल लगिएको छ। 

बैठक चलिरहेका बेला सांसद खड्का अचानक आफ्नै कुर्सीबाट ढलेका थिए। रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला उनी एकाएक ढलेपछि तत्काल उपचारका लागि वीर अस्पताल लगिएको हो। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७