सर्वोच्चको अभिलेख शाखामा आगलागी

महत्वपूर्ण अभिलेख सुरक्षित


२०८३ भदौ १८ बिहीबार १४:२९ बजे
फाइल फोटो

काठमाडौं : सर्वोच्च अदालतको नयाँ भवनमा रहेको अभिलेख शाखामा गएराति आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको पुरानो भवनमा आगलागी भएपछि अस्थायी रूपमा नयाँ भवनमा सारिएको अभिलेख शाखामै आगलागी भएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अभिलेख शाखामा राति करिब १२ बजे आगलागी भएको थियो। आगलागीबाट काम नलाग्ने भई थुपारिएका केही सामान्य कागजपत्र जलेका छन्। तर, महत्वपूर्ण अभिलेखमा भने क्षति नपुगेको प्रवक्ता कोइरालाले जानकारी दिए। आगलागीमा वास्तवमा के–के कागजपत्र जले भन्नेबारे अहिले विवरण संकलन तथा अध्ययन भइरहेको उनले बताए।
प्रवक्ता कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धानमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। पुरानो भवनमा भएको आगलागीपछि सर्वोच्च अदालतका सेवा तथा अभिलेख व्यवस्थापनका लागि नयाँ भवन प्रयोग हुँदै आएको अवस्थामा अभिलेख शाखामै आगलागी भएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७