पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश


२०८३ श्रावण २९ शुक्रबार ११:०५ बजे

काठमाडौं :  पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिइएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गरेपछि उनकी श्रीमती सरस्वती श्रेष्ठले गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७