विपद् प्रभावित बालबालिकाको तस्बिर र विवरण सार्वजनिक नगर्न अपिल
काठमाडौं : बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विपद्बाट प्रभावित बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण र शिक्षालाई प्राथमिकतामा राख्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। विपद्को समयमा बालबालिका बेचबिखन, ओसारपसार तथा अन्य जोखिममा पर्न सक्ने भन्दै सिजपले उद्धार र राहतसँगै उनीहरूको संरक्षणमा विशेष ध्यान दिन आवश्यक रहेको बताएको छ।
विपद्का कारण बालबालिकामा डर, तनाव, चिन्ता तथा मानसिक आघात देखिन सक्ने भन्दै सिजपले बालमैत्री मनोसामाजिक परामर्श र सहयोग उपलब्ध गराउन आग्रह गरेको छ। सिजपले विपद्का घटनामा पीडित बालबालिका तथा परिवारका तस्बिर, भिडियो र व्यक्तिगत विवरण सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा सार्वजनिक गर्दा संवेदनशीलता अपनाउन आग्रह गरेको छ। यस्ता सामग्रीले बालबालिकाको मानसिक अवस्थामा थप असर पार्नुका साथै उनीहरूको गोपनीयता र सुरक्षामा जोखिम निम्त्याउन सक्ने सिजपको भनाइ छ।
यसैगरी बेपत्ता तथा बेवारिसे शवबाट उत्पन्न हुनसक्ने दुर्गन्ध र सङ्क्रमणको जोखिमबाट बालबालिकालाई जोगाउन पनि सिजपले सम्बन्धित पक्षलाई सचेत गराएको छ। शव तथा क्षतिग्रस्त क्षेत्रमा बालबालिकाको प्रत्यक्ष पहुँचले उनीहरूको मानसिक स्वास्थ्यमा समेत असर पार्न सक्ने भएकाले त्यस्ता स्थानमा उनीहरूलाई जान नदिन आग्रह गरिएको छ। सिजपले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई प्रभावकारी र निरन्तर बनाउन तथा प्रभावित सबैसम्म आवश्यक राहत र मानवीय सहायता समान रूपमा पुर्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिः

.gif)

.png)

