भोटेकोशी उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता, मृत्यु भएमा परिवारलाई १० लाख


२०८३ भदौ १८ बिहीबार १६:३९ बजे

काठमाडौं : सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धार तथा खोजीमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। त्यस्तै, उद्धारका क्रममा घाइते भएमा उनीहरूलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय भएको छ।

गृह मन्त्रालयको प्रस्तावमा सरकारले उद्धार तथा खोजीका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७