टाकुर्चेमा निरन्तर पहिरो, कान्ति लोकपथ अवरुद्ध
काठमाडौं : ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित टाकुर्चेमा पहिरो खसेपछि कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको छ। ललितपुर प्रहरीका अनुसार शनिबार साँझदेखि पहिरो खस्ने क्रम नरोकिएपछि सडकमा सवारीसाधन सञ्चालन हुन सकेको छैन।
पहिरो पन्छाउन आवश्यक उपकरणसहितको टोली घटनास्थलमा परिचालन गरिएको भए पनि माथिबाट निरन्तर पहिरो झरिरहेकाले सडक खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं–मुग्लिन सडकखण्डको कृष्णभीर र परेवाभीरमा भोटेकोशी बाढीले क्षति पुर्याएपछि उक्त सडकसमेत बन्द छ। काठमाडौं–मुग्लिन सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं आवागमनका लागि प्रयोग भइरहेका तीनवटा वैकल्पिक रुटमा सवारीसाधनको चाप बढेको प्रहरीले जनाएको छ।
.gif)

.png)

