सुन तोलामा ३ हजार १ सय र चाँदी ४० रुपैयाँले घट्यो
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार १ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ तथा १० ग्रामको २ लाख ६० हजार ८ सय ९० रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ५ सय ४५ रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५० रुपैयाँ ५० पैसा कायम भएको छ। शुक्रबार १० ग्राम चाँदीको मूल्य ४ हजार ८५ रुपैयाँ थियो।
.gif)

.png)

