एकैदिन ८ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य
प्रतितोला २ लाख ९७ हजार ३ सयमा कारोबार
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यमा बुधबार उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यससँगै पछिल्लो कारोबारमा सुनको मूल्य ३ लाख रुपैयाँभन्दा तल झरेको छ । यस्तै, चाँदीको मूल्य पनि बुधबार घटेको छ । चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.gif)

.png)

