नाडीको ट्याटुबाट खुल्यो १२ दिनपछि भेटिएको राजेशको पहिचान


२०८३ भदौ २१ आइतबार १२:४२ बजे
फाइल फोटो

काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित त्रिशूली बजारमा घरभित्र पुरिएको अवस्थामा प्रहरीले एक पुरुषको शव फेला पारेको छ। भोटेकोशी विपद्को १२औँ दिन भेटिएको शव करिब ४५ वर्षीय राजेश जोशीको भएको पुष्टि भएको नुवाकोटका प्रहरी प्रमुख (एसपी) विपिन रेग्मीले जानकारी दिए।

विदुरबाट त्रिशूली नदीपारिको क्षेत्रमा डीएसपी हिरेन्द्र रोकायाको नेतृत्वमा सुरक्षाकर्मीको टोलीले खोज तथा उद्धार गरिरहेको छ। सोही क्रममा घरभित्र पुरिएको अवस्थामा शव भेटिएको हो। मृतकको दायाँ हातमा रहेको ट्याटुका आधारमा पहिचान खुलेको हो। उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार उनको नाडीमा पत्नीको नाम ‘दीपिका’ लेखिएको ट्याटु भेटिएको थियो। सोही आधारमा शव राजेशको भएको पुष्टि गरिएको हो। जोशी परिवारका एउटै घरका पाँच जना सदस्य बाढीमा परेर सम्पर्कविहीन भएका थिए। 

यसैबीच, त्रिशूली बजारमै घरभित्र मृत अवस्थामा भेटिएकी सरिता जोशीको पनि पहिचान खुलेको एसपी रेग्मीले जानकारी दिए। भोटेकोशी विपद्पछि नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७