आसिफको शतक, यूएईलाई ३१४ रनको लक्ष्य


२०८३ भदौ २७ शनिबार ११:२१ बजे

काठमाडौं :  एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भएको फाइनल खेलमा नेपालले यूएईलाई ३१४ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको हो। नेपालका लागि आसिफ शेखले शतक तथा गुल्सन झाले अर्धशतक बनाए।

आसिफले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए। गुल्सनले ३८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५२ रन जोडे। अर्का ओपनर अर्जुन कुमालले ६३ बलमा ६ चौकासहित ४३ रन बनाए। कप्तान रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८ तथा बसिर अहमदले १५ रन बनाए।

बलिङतर्फ यूएईका इब्रार अहमदले ४ विकेट लिए। खुजइमा तनवीरले २ तथा हैदर अली र अदिव उस्मानीले १/१ विकेट लिए। फाइनल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७