उच्च अदालतका सात न्यायाधीशको जिम्मेवारी हेरफेर


२०८३ भदौ ३० मंगलबार १३:२४ बजे
फाइल फोटो

काठमाडौं : न्याय परिषद्ले उच्च अदालतका तीन जना न्यायाधीशलाई सरुवा गर्न र चार जनालाई काजमा अन्यत्र खटाउन सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका न्यायाधीशहरूको जिम्मेवारी हेरफेर गर्न सिफारिस गरेको हो।

बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलास, जनकपुरका मुरारीबाबु श्रेष्ठलाई इलाम इजलास र वीरगन्ज इजलासका रितेन्द्र थापालाई नेपालगन्ज इजलासमा सरुवा गर्न सिफारिस गरेको छ। यस्तै, इलाम इजलासका नातिबाबु लामिछानेलाई उच्च अदालत पाटन, वीरगन्ज इजलासका गोकर्ण डाँगीलाई सर्वोच्च अदालत, नेपालगन्ज इजलासकी सकुन्तला घिमिरेलाई जुम्ला इजलास र वीरगन्ज इजलासका अर्जुन अधिकारीलाई सर्वोच्च अदालतमा काजमा खटाउन सिफारिस गरिएको छ।

त्यसैगरी, नवनियुक्त तीन जना न्यायाधीशको पदस्थापन पनि सिफारिस गरिएको छ। भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेत, हिमलाल बेल्बाललाई उच्च अदालत जनकपुर र गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापन गर्न सिफारिस गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७