आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ सूची
काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा तोकिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०७ रुपैयाँ १९ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७८ पैसा कायम भएको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको ११० रुपैयाँ २ पैसा र ११० रुपैयाँ ४५ पैसा तथा सिङ्गापुर डलर एकको १२० रुपैयाँ ३४ पैसा र १२० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा कायम गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २१ पैसा तोकिएको छ।
त्यस्तै, थाई भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, युएई दिराम एकको ४१ रुपैयाँ ७३ पैसा र ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको ३७ रुपैयाँ ४९ पैसा र ३७ रुपैयाँ ६४ पैसा रहेको छ। साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २० पैसा र बिक्रीदर ११ रुपैयाँ २४ पैसा, स्विडिस क्रोनर एकको १५ रुपैयाँ ६५ पैसा र १५ रुपैयाँ ७१ पैसा तथा डेनिस क्रोनर एकको २३ रुपैयाँ ६५ पैसा र २३ रुपैयाँ ७५ पैसा तोकिएको छ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा, कुवेती दिनार एकको ४९९ रुपैयाँ १५ पैसा र ५०१ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको ४०६ रुपैयाँ ४९ पैसा र ४०८ रुपैयाँ ८ पैसा तथा ओमनी रियाल एकको ३९८ रुपैयाँ २ पैसा र ३९९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुनसक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
.gif)

.png)

