डलरसहित अधिकांश विदेशी मुद्रा महँगिए, यस्तो छ आजको विनिमयदर


२०८३ भदौ २४ बुधबार ०७:०४ बजे
फाइल फोटो

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्राको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २ पैसा कायम भएको छ। चार दिनदेखि स्थिर रहेको डलरको विनिमयदर आज बढेको हो।

यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ। पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६३ पैसा पुगेको छ। त्यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६२ पैसा कायम भएको छ।

आज कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७४ पैसा पुगेको छ। बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४०३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ। बहराइन दिनारको मूल्य पनि पछिल्ला चार दिनदेखि स्थिर थियो।

राष्ट्र बैंकका अनुसार डलरको हालसम्मकै उच्च विनिमयदर भने गत जेठ ७ गते कायम भएको थियो। त्यस दिन अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७