बाढी प्रभावित क्षेत्रबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल


२०८३ भदौ २४ बुधबार १४:०७ बजे
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन्। भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सिर्जित परिस्थितिबारे जानकारी लिन प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखसँग छलफल थालेका हुन्।

छलफलमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, घाइतेको उपचार र आगामी रणनीति लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने तयारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्।

प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन भए पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेको सरकारी विवरण सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूसँग छलफल थालेका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७