भोटेकोशी बाढीमा १ हजार ३६६ शव फेला, ४ हजारभन्दा बढी सम्पर्कविहीन


२०८३ भदौ २४ बुधबार ०६:५५ बजे
फाइल फोटो

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३६६ जनाको शव फेला परेको छ। अझै ४ हजार ७७ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५३३ पुरुष, ३३१ महिला तथा ५०२ वटा आंशिक अंगसहितका शव रहेका छन्। फेला परेका शवमध्ये हालसम्म १०२ वटा शव आफन्तलाई बुझाइएको छ। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ २ हजार ९०७ पुरुष र ५७२ महिला छन्। यस्तै, विदेशी नागरिकतर्फ २६९ पुरुष र ३२९ महिला सम्पर्कविहीन छन्। 

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको काम सुरक्षा निकायले निरन्तर जारी राखेको छ। फेला परेका शवमध्ये १ हजार १४७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ। बाढीपछि हालसम्म ९ हजार २५४ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६ हजार ३८० पुरुष, २ हजार ८२४ महिला र पहिचान नखुलेका ५० जना छन्। उद्धार गरिएकामध्ये ३ हजार ३० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखतका लागि प्रहरीले डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। हालसम्म मृतक १ हजार २८६ जना र मृतकका आफन्त १ हजार ४१२ जना गरी २ हजार ६९८ जनाको डीएनए नमूना संकलन गरिएको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७