विदेशी मुद्रा विनिमयदर सार्वजनिक, डलर १५२ रुपैयाँ २६ पैसामा बिक्री


२०८३ भदौ १८ बिहीबार ०८:०४ बजे
फाइल फोटो

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा तथा बेलायती पाउन्ड एकको खरिददर २०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। राष्ट्र बैंकका अनुसार स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७९ पैसा रहेको छ। 

अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रुपैयाँ २६ पैसा तोकिएको छ। यसैगरी, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५० पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा कायम भएको छ। खाडी मुलुकतर्फ साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा रहेको छ।

त्यस्तै, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७२ पैसा कायम गरेको छ। यस्तै, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ २७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ८६ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७