सोमबारभन्दा घट्यो अमेरिकी डलर, यस्तो छ आजको विदेशी मुद्रा दर
काठमाडौं : नेपाली बजारमा अमेरिकी डलरको मूल्य सामान्य घटेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदरअनुसार एक अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा कायम भएको छ।
सोमबार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा रहेको थियो। यसअनुसार आज डलरको मूल्य ३४ पैसा घटेको छ। आजका लागि युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९९ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६६ पैसा कायम भएको छ।
स्वीस फ्र्याङ्कको खरिददर १८८ रुपैयाँ र बिक्रीदर १८८ रुपैयाँ ७४ पैसा रहेको छ। अस्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा तोकिएको छ। क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ४० पैसा र बिक्रीदर ११९ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा रहेको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७० पैसा तोकिएको छ। यसैगरी, साउदी रियालको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा, कतारी रियालको खरिददर ४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा कायम भएको छ।
.gif)

.png)

