ओलीको रुलिङ : मोबाइल निषेध, अनुमति विना बाहिर–भित्र गर्न नपाइने
‘मोबाइल हातमा हुँदैन, लाइभ गर्न पनि पाइँदैन’
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकलाई मर्यादित र व्यवस्थित बनाउन भन्दै कडा रुलिङ गरेका छन्।
ललितपुरमा सोमबारदेखि सुरु भएको बैठकमा ओलीले केन्द्रीय सदस्यलाई बैठकस्थलमा मोबाइल प्रयोग गर्न नदिने, अडियो–भिडियो रेकर्ड तथा लाइभ गर्न नपाइने व्यवस्था लागू गरिने बताएका हुन्।
‘मोबाइल भोलिदेखि बाहिर राखिन्छ,’ ओलीले भने। उनले बैठकमा बोल्न अध्यक्षको अनुमति लिनुपर्ने र बैठक छाड्दा पनि अध्यक्षको अनुमति आवश्यक पर्ने बताएका छन्।
‘मोबाइल हातमा हुँदैन, भिडियो र रेकर्ड मोडमा हुँदैन, लाइभ गर्न पनि पाइँदैन,’ ओलीले भने, ‘अध्यक्षको अनुमति लिएर बोल्नुपर्छ। बोल्नुपर्दा अध्यक्षसँग अनुमति लिएर, अनुमति प्राप्त भएपछि मात्रै बोल्नुपर्छ।’ उनले विशेष परिस्थितिमा आवश्यकताअनुसार बोल्ने समय हेरफेर गर्न सकिने बताएका छन्। ओलीले केन्द्रीय सदस्यलाई बोल्नका लागि तीन मिनेटको समय तोकेका छन्।
.gif)

.png)

