नारायणीमा इतिहासकै उच्च बाढी

पानीको सतह ११.९१ मिटर पुग्यो


२०८३ असोज ११ आइतबार १५:२३ बजे

काठमाडौं : नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च बिन्दुमा पुगेको छ। लगातारको मुसलधारे वर्षापछि आइतबार दिउँसो २ः१३ बजे देवघाटस्थित जल मापन केन्द्रमा नदीको सतह ११.९१ मिटर मापन गरिएको हो।

जल मापन केन्द्र स्थापना भएयता नारायणी नदीको पानीको सतह यति माथि पुगेको पहिलोपटक हो। आइतबार दिउँसो १२ बजे नदीको सतह ११.८९ मिटर पुगेको थियो।

यसअघि २०८१ असोज १२ गते नारायणीको पानीको सतह ११.६ मिटर पुगेको थियो। त्यस्तै, सोही वर्ष असार २२ गते १०.४६ मिटर मापन गरिएको थियो।

यस वर्ष नारायणीले यसअघिका सबै रेकर्ड तोडेको देवघाटस्थित जल मापन केन्द्रका सुमित अधिकारीले जानकारी दिए। केन्द्रको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा सन् २०२५ को सेप्टेम्बर २८ मा नारायणीको पानीको सतह सबैभन्दा कम ६.३ मिटर मापन गरिएको थियो। 

सन् २०२३ अगस्ट १४ मा ८.३३ मिटर, सन् २०२२ अक्टोबर ६ मा ९.५२ मिटर र सन् २०२१ मा १०.५ मिटर मापन गरिएको थियो। 

नारायणीमा पानीको सतह ७.३० मिटर पार गरेपछि सतर्कताको अवस्था मानिन्छ भने ९ मिटर पार गरेमा खतरा सूचक मानिन्छ। अहिले नदीको सतह ११.९१ मिटर पुगेकाले नारायणीमा पानीको बहाव खतराको तहभन्दा निकै माथि पुगेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७