दीक्षाले जितिन् वाइवाई मिसेस नेपाल वर्ल्डको उपाधि
काठमाडौं । विवाहित महिलाहरूबीच हुने नेपालकै सबैभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाइवाई मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि दीक्षा केसीले जितेकी छन् ।
शनिबार साँझ सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा काठमाडौं बाफलकी केसी प्रथम भएकी हुन् । प्रतियोगितामा सीएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख निर्णायक थिइन् । उनले सोधेको ‘उपाधि जिते तपाईंले कुन सामाजिक मुद्दालाई अगाडि ल्याउनु हुनेछ’ भन्ने प्रश्नको सटिक जवाफ दिँदै दीक्षा विजेता बनेकी हुन् ।
नि निर्णायक मण्डलमा अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लिगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईं सदस्य थिए ।
२३ प्रतिस्पर्धीलाई उछिनेर वाइवाई मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि चुम्न सफल दीक्षाले ग्लायलेक्सी जम्बो बासमती राइस लेडी विथ कम्प्यासनको उपाधि पनि जितेकी छन् । उपाधि जितेसँगै दीक्षाले यही वर्ष हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालका तर्फबाट सहभागी हुन पाउने छिन् ।
उपाधि जितेसँगै दीक्षाले यही वर्ष हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालका तर्फबाट सहभागी हुन पाउने छिन् ।
प्रतियोगितामा नायिका उषा रजक मिसेस नेपाल इन्टरनेसनल र पविता गिरी एमएस इन्टरनेसनलका उपाधि जितेका छन् । योसँगै उनीहरूले यही वर्ष सिंगापुरमा हुने क्रमशः मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसनलमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नेछन् । उषाले रियो मस्ट ट्यालेन्टेड र सिजी सिमेन्ट मस्ट बोल्डको उपाधि पनि जितिन् ।
यस्तै प्रतियोगितामा सुनिता लामा मिसेस नेपाल वर्ल्ड फस्ट रनर्सअप, राजश्री थापा मिसेस नेपाल वर्ल्ड सेकेन्ड रनर्सअप र मनिता प्याकुरेल मिसेस नेपाल वर्ल्ड थर्ड रनर्सअप भएका छन् । सो अवसरमा अभिनेत्री गौरी मल्ललाई चम्किलो क्राउनसहित मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको थियो । रिबन इन्टरटेनमेन्टको आयोजना तथा कि एडभरटाइजिङको मार्केटिङ सहकार्यमा प्रतियोगिता सम्पन्न गरिएको हो ।
.gif)

.png)

