बोरामा भेटिएकाे महिला र पुरुषको शव पहिचान भएन, चितवन प्रहरीले सार्वजनिक गर्‍यो ‘स्केच’


२०८० मङ्सिर १७ आइतबार १७:२२ बजे

चितवन । साता दिन नाघिसक्दा पनि सनाखत हुन नसकेपछि चितवन प्रहरीले दुई मृतकको स्केच सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–१२ मिलन चोकमा बोराभित्र मृत अवस्थामा फेला परेका महिला र पुरुषको स्केच तस्वीर सार्वजनिक गरेको हो ।

गत मंसिर ६ गते भरतपुर महानगरपालिका वडा–१२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल बसपार्क सडक खण्डको केरुङ्गा घोल खोलाको कल्भर्टमुनि जुटको बोराभित्र शंकास्पद रूपमा बोरामा दुई शव फेला पारेको थियो ।

अन्दाजी २४–२५ वर्ष उमेर देखिने ५ फिट ७ इन्च उचाई भएको पुरुष र सोही स्थानमा ३०-३१ वर्षकी ५ फिट ३ इन्च उचाई भएकी महिलाको शव सडेगलेको अवस्थामा फेला परेको थियो । सो शव फेला पारेपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय लगायत सीमावर्ती भारतीय इलाकाहरूमा समेत हुलिया परिपत्र गर्दा हालसम्म मृतकहरूको सनाखत तथा पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७