ज्ञानेन्द्र शाही र कुलमानलाई ‘ग्लोबल हिरो अवार्ड’


२०८२ श्रावण १२ सोमबार ११:२० बजे

न्युयोर्क । राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाही र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मान गरिएको छ । अमेरिकाको न्युयोर्कमा ग्लोबल नेपालीद्वारा आयोजित एक समारोहकाबीच राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप शाही र घिसिङलाई सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । ग्लोबल नेपालीले नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर उनीहरूको योगदानलाई उच्च कदर गर्दै आएको छ ।

अवार्डपछि शाहीले विदेशमा हुने सबै नेपालीहरुप्रति आभार व्यक्त गर्दै अवार्डको श्रेय जुम्ली, कर्णालीका साथै देश विदेशमा रहेका सुशासनको पक्षमा बोल्ने नेपालीहरुप्रति समर्पित गरेका छन् । उनले यो अवार्डले निःसन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिने र एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरे । यस्तै, घिसिङले पनि अवार्डका लागि आभार व्यक्त गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७