ओएनएफ अष्ट्रेलियाको अध्यक्षमा रमेश पौडेल निर्वाचित
अष्ट्रेलिया : प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैटौँ अधिवेशन सिड्नीको अबर्नमा सम्पन्न भएको छ। अधिवेशनले रमेश पौडेलको अध्यक्षतामा नयाँ १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दीपक पहारी, सचिवमा मिलन पाठक, सहसचिवमा किशोर भण्डारी चयन भएका छन्। सदस्यहरूमा सुजन श्रेष्ठ, दिनेश पाण्डे, रमेश पाण्डे, प्रेम शाही, युवराज पहाडी, नारायण बस्नेत, स्नेहा न्यौपाने, लेनिन पौडेल, सुवास सुवेदी, राजु गौचन, कृष्ण सापकोटा, मुगेन्द्र गौतम, प्रकाश पौडेल, अरुण गौतम, चन्द्र कुँवर, रविन भुषाल, गणेशराज गौतम, मोहन शर्मा र तेजविक्रम मल्ल रहेका छन्।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्य तथा मञ्चका उपसचिव प्रभुराम थापाको विशेष आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनमा एनआरएनए अन्तर्राष्ट्रिय सल्लाहकार तथा पूर्वउपाध्यक्ष डा. विनोद श्रेष्ठ, उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सल्लाहकार राजन बस्नेत, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चर सेन्टरका अध्यक्ष विष्णु हमाल, एनआरएनए एनएसडब्ल्यू संयोजक उषा वारिया, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्री रोहित खड्कालगायतले शुभकामना मन्तव्य दिएका थिए।
प्रमुख अतिथि पाण्डेले पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गरेका थिए। उद्घाटन सत्रको अध्यक्षता केशव जोशीले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव प्रकाश पन्थीले गरेका थिए। उपाध्यक्ष बालगोपाल उपाध्यायले स्वागत मन्तव्य र उपसचिव अशिम कोइरालाले धन्यवाद ज्ञापन गरेका थिए।
बन्द सत्रमा निवर्तमान अध्यक्ष केशव जोशीले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख दीपक पहाडीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि रमेश पाण्डे, विशेष अतिथि प्रभुराम थापा, ओएनएफ अन्तर्राष्ट्रिय सदस्य शिशिर नेपाल र माधव शाह, अष्ट्रेलिया उपाध्यक्ष राम घिमिरे, निर्वाचन प्रमुख होम पाण्डे तथा ओएनएफ ओशियाना अध्यक्ष राजु उपाध्यायलगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए।
.gif)

.png)

