सुदूरपश्चिम प्रदेशको तीन महिनामा विकास खर्च १ प्रतिशत !
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक प्रतिशत मात्रै विकास खर्च गरेको छ ।
आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्म पुँजिगत बजेटको एक प्रतिशतमात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
पहिलो त्रैमासिक अवधिमा चालुतर्फ १ अर्ब १८ करोड ७८ लाख (९ प्रतिशत) खर्च भएको छ ।कार्यालयका अनुसार अनुसार असोज मसान्तसम्म जम्मा १९ करोड ८० लाख २९ हजार ८२५ रुपैयाँमात्रै पुँजीगत खर्च भएको छ । यो खर्च पनि गत आर्थिक वर्षमा सञ्चालित योजनाको बाँकी भुक्तानी हो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ३३ अर्ब ३६ करोड १३ लाख ६ हजारको बजेट विनियोजन गरेको थियो ।
यसमध्ये पुँजीगततर्फ १९ अर्ब ८२ करोड ५२ लाख ६ हजार र चालुतर्फ १३ अर्ब ५२ करोड ६१ लाख रुपैयाँ छुट्ट्याइएको थियो ।
.gif)

.png)

