सुदूरपश्चिम प्रदेशमा थपिए तीन मन्त्री
धनगढी : सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ ।
प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त आर्थिक मामिलामन्त्री घनश्याम चौधरी, विनाविभागीय मन्त्री खुसीराम चौधरी र भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा गिरीलाई लाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
मुख्यमन्त्री शाहले हाल सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राखेका छन् भने प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाएका छन् ।
साथै शिवराज भट्टले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा पाएका छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहले सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने थप सदस्यलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
कूल ५३ सदस्यीय प्रदेशमा नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सभामुखसहित ११, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक र एक स्वतन्त्र सदस्य छन् । नेपाली कांग्रेसबाट बझाङ जिल्ला प्रदेश सभामा निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिनाअघि गाडी दुर्घटनामा निधन भएपछि प्रदेश सभाको एक स्थान रिक्त छ ।
.gif)

.png)

